३२औं विश्व आदिबासी दिवस भव्य रुपले मनाइने
SamacharDesk – बिराज | २०८३ श्रावण १, शुक्रबार
३२ औं विश्व आदिबासी दिवस आउने साउन २४ गते काठमाडौंको खुलामञ्चमा भव्य रुपले मनाइने भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष निमा ह्योल्मो लामाले आउने २४ गते काठमाडौंको खुलामञ्चमा ३५ हजार आदिबासीलाई उतार्दै अधिकार प्राप्तीको आन्दोलनको रुपमा दिवस मनाउन लागेको बताए ।
महासंघका महासचिव विमल सारु मगरले यस वर्ष महासंघको विश्व आदिबासी दिवस फरक ढंगले मनाउन खुलामञ्च चयन गरिएको बताए ।
काठमाडौंमा करिब २० लाख आदिबासीको बसोबास रहेको बताउँदै उनले कार्यक्रममा ३५ हजार सहभागी गराउने प्रतिवद्धता जनाए ।
महासंघको स्थापना दिवस कार्यक्रमको तयारीका लागि बिहीबार महासंघमा आवद्ध घटक संस्थाका प्रतिनिधिहरुसँग वैठक सम्पन्न भएको थियो ।
बैठकमा घटक संस्थाका प्रतिनिधिहरुमध्ये नेवाः देय् दबूका अध्यक्ष रस्मिला प्रजापति, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले कार्यक्रम सन्देशमूलक बनाउन सुझाव दिएका थिए ।
Categorized in राष्ट्रिय




