arin enterprises

मल्ल के. सुन्दरको उपन्यास अंग्रेजी भाषामा अनुवाद

SamacharDesk – विजयरत्न | २०८३ श्रावण ३, आइतबार

वरिष्ठ आख्यानकार नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरबाट लिखित नेपालभाषाको उपन्यास ‘सेप्टेम्बर १७’ को अंग्रेजी संस्करण सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त अंग्रेजी संस्करण उपन्यास सार्वजनिक गरिन् ।

कार्यक्रममा का.वा. प्रमुख डंगोलले नेपालमा साहित्यिक कृति अंग्रेजीमा अनुवाद गर्ने काम थोरै मात्रै भएको भन्दै   नेपालभाषाको साहित्य यसरी अंग्रेजी भाषामा अनुवाद हुनु ऐतिहासिक घटना हो भनिन् ।

उपन्यासलाई अंग्रेजीमा अनुवाद डा ज्योति प्रभा तुलाधरले गरेकी छन् ।

कार्यक्रममा उपन्यासको प्रकाशक आदर्श इन्टरप्राइजेजका निर्मल कुमार कर्ण, प्रा.डा. अभि सुवेदी, समालोचक एवं नेपालभाषा एकेडेमीया भाइस चान्सलर डा. पुष्पराज राजकणिर्कार लगायतले आआफ्ना मन्तव्य राखेका थिए ।

हाल पोर्चुगलमा रहेकी अनुवादक डा. तुलाधरको मन्तव्य भिडियो सामग्रीमार्फत राखिएको थियोे ।

Categorized in पेजथ्री