arin enterprises

रसुवा बाढी अपडेटः एक हजार ३२३ जनाको शव फेला

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ भाद्र १९, शुक्रबार

काठमाडौं । रसुवाको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या १ हजार ३२३ पुगेको छ ।

शुक्रबार राति ८ः०० बजे सम्ममा एक हजार ३२३ जनाको जनाको शव फेला परेको नेपाल प्रहरीले बताएको छ ।

मृत्यु हुनेमध्ये चितवनमा ३६० जना छन् भने नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिममा २१५ जना रहेका छन् । त्यस्तै नुवाकोटमा १९२ जना, रसुवामा १५६ जना, गोरखामा ७३ जना, धादिङमा ६७ जना र तनहुँमा ३८ जना रहेका छन् ।

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शवको माटो मुनि व्यवस्थापन गरिएको छ ।

शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी कुल २ हजार १०६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको एक हजार २७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।

हालसम्म बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना व्यक्तिहरूलाई राखिएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना लगायतको टोलीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, उद्धार एवम् खोजीका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।

यस कार्यका लागि विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोग रहेको बताइएको छ ।

Categorized in राष्ट्रिय