arin enterprises

भक्तपुर साहित्यिक समाजबाट कवयित्रि सायमि सम्मानित

SamacharDesk – विजयरत्न | २०८३ भाद्र २३, मंगलबार

भक्तपुर साहित्यिक समाजले कवयित्रि प्रतिसरा सायमिलाई अभिनन्दन गरेको छ ।

नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याएको योगदानको कदर स्वरुप समाजले सायमिलाई अभिनन्दन गरेको हो ।

हाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ भई लोक साहित्य र नारी लेखन विभागको विभागीय प्रमुखको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएकोले बधाईसहित उनलाई सम्मान गरिएको समाजका अध्यक्ष राजुराम मुनंकर्मीले बताए ।

सम्मान ग्रहण पछि कवयित्रि सायमिले प्रतिष्ठानको सम्मुनत विकास, देशकै विविध भाषा, साहित्य, कला, संस्कृतिलगायतको क्षेत्रको स्तरोन्नति र प्रवद्र्धन कार्यको लागि हालको टिम विशेष योजना बनाई लागिपरेको जानकारी दिइन् ।

Categorized in पेजथ्री