रसुवा बाढी अपडेटः १ हजार ३६५ जनाको शव फेला
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ भाद्र २३, मंगलबार
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार ३६५ पुगेको छ ।
नेपाल प्रहरीले सार्वजनिक गरेको आज मंगलबार राति ८ः०० बजे सम्मको तथ्याङ्कमा हालसम्म एक हजार ३६५ जनाको शव फेला परेको जनाइएको छ ।
हालसम्ममा सबैभन्दा बढि चितवनमा चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । त्यस्तै नवलपरासी पूर्वमा २२६ नवलपरासी पश्चिम २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पुरा गरी हालसम्म एक हजार १४७ वटा शव माटो मुनि व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
साथै पहिचान नभएको एक हजार ३१० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
अहिलेसम्म बेपत्ता रहेका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ ।
यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ ।
Categorized in राष्ट्रिय




