४५१ नयाँ संक्रमित थपिए, कुल संख्या ६ हजार नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ १, सोमबार

नेपालमा थप ४ सय ५१ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न १८ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ सय १६ जना पुरुष र ३५ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
आज थप भएको संख्यासँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । तीमध्ये ५ हजार ७ सय ४० जना पुरुषहरु छन् भने ४ सय ७१ जना महिला हुन् ।
संक्रमित जिल्ला संख्या आज पनि ७३ नै कायम छ । आज कुनै नयाँ जिल्लामा संक्रमण देखिएन ।
कोरोना संक्रमण निको हुनेको संख्या भने एक हजार ४१ पुगेको छ । पछिल्लो पटक थप ६७ जना संक्रमणमुक्त भएर देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।
देशभरमा अहिलेम्म पिसिआर विधिबाट १ लाख ३८ हजार ६ सय ८३ र आरडिटी विधिबाट २ लाख १९ हजार ३ सय ३६ वटा परिक्षण भएका छन् ।
पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ५ हजार ३ सय ६ र आरडिटी विधिबाट ८ हजार ६ सय १५ वटा परिक्षणहरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरमा क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ८ सय २९ हुँदा आइसोलेसनमा रहेर उपचाररत संक्रमितको संख्या ५ हजार एक सय ५१ रहेको छ ।
आजबाट पोखरामा थप एक प्रयोगशालाबाट कोरोना संक्रमणको परिक्षण शुरु गरिएसँगै देशैभरीमा कोरोना भाईरसको परिक्षण प्रयोगशाला संख्या २२ पुगेको छ ।
