arin enterprises

पूर्णकाजी र मीनाको ‘ताखोता ताखोता ध्यां ध्यां’ सार्वजनिक

SamacharDesk – बिराज | २०८३ कार्तिक ३, सोमबार

पूर्णकाजी ज्यापु र मीना प्रजापतिबाट गाइएको नेपालभाषाको युगल गीत ‘ताखोता ताखोता ध्यां ध्यां’ सार्वजनिक भएको छ ।

गीतका रचनाकार समेत रहेका गायक पूर्णकाजीको युट्युब च्यानलमार्फत आज (सोमवार) यो गीत सार्वजनिक भएको हो ।

यस अघि हिजो हिजो आइतवार काठमाडौंमा एक कार्यक्रमका बीच यस गीतको म्यूजिक भिडियो लोकार्पण गरिएको थियो । कार्यक्रममा नेपालको पहिलो मातृभाषी चलचित्रका प्लेब्याक सिंगर जुजुकाजी रंजितले गीतको लोकार्पण गरे ।

नेपालको पहिलो मातृभाषी चलचित्र सिलुका प्लेब्याक सिंगर रंजितले युवा पुस्ताको नयाँ स्वादको गीतले गर्दा नेपालभाषा नबोल्ने नेवार मात्र नभई गैर नेवारहरुलाई समेत नेपालभाषाको  गीत गाउने, गुनगुनाउने वातावरण बनाइदिएको भन्दै खुसी व्यक्त गरे ।

‘वर्तमान समयमा नेपालभाषाका गीतहरुले नेवार भाषा नबोल्नेहरुले पनि नेपालभाषाको गीतहरु गाउने, नेपालभाषाको गीतहरुमा नाच्ने वातावरण बनाइदिएको छ । आजको दिनको नयाँ ढङ्गका गीतहरुले नयाँ किसिमको उर्जा थपेको छ’ रंजितको भनाई हो ।

गायिका साथै गीतको प्रस्तोता मीनाले राम्रो गीत बनाउनलाई आफुले सक्दो प्रयास गरेर गीत दर्शक, श्रोतालाई सुम्पिदिएको भन्दै साथ, सहयोगको लागि अपिल गरिन् ।

कार्यक्रममा चःमति सहकारीकी अध्यक्ष मन्दिरा महर्जन, काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, गीतका रचनाकार साथै गायक पूर्णकाजी, म्यूजिक भिडियोका निर्देशक र कोरीयोग्राफर रोहिया महर्जनलगायतले आआफ्ना भनाई राखे ।

गीतमा संगीत जुगल डंगोलको रहेको छ । सितु महर्जन र सुदिप श्रेष्ठको अभिनय रहेको म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन पवन सुस्लिङ्गले गरेका छन् ।

Categorized in पेजथ्री