arin enterprises

राजदूत डा. अन्जान शाक्यको पहलमा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ २, मंगलबार

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यको पहलमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायलले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले स्वास्थ्य सामग्री हस्तान्तरण गरे । 

कोरोना रोकथामका लागि भनेर सहयोग गरीएको स्वास्थ्य सामग्रीमा पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्रीहरु छन् ।

सो अवसरमा, मन्त्री ढकालले महामार जस्तो अप्ठेरो अवस्थामा स्वास्थ्य सामग्री उपलब्ध गराएर कोभिड १९ को जोखिम न्यूनीकरण गर्न नेपाली जनताको साथमा इजरायल सरकार छ भन्ने सन्देश दिएको धारणा राख्नुभयो ।

इजरायल सरकारले पीपीई सेट सुट एण्ड ट्राउजर, फेससिल, गगल्स, मास्क र पञ्जा ५० थान, पीपीई बडी कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार सहयोग गरेको छ ।

त्यसैगरी स्यानिटाइजर ५ सय एमएलको २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पञ्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान पनि इजरायलले सहयोग स्वरुप उपलब्ध गराएको छ ।

Categorized in राष्ट्रिय