arin enterprises

दुई खेल बाँकि छँदै वार्यनले जित्यो उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३, बुधबार

जर्मनी बुडेन्सलिगा अन्तर्गत वायर्न म्यूनिखले दुई खेल खेल्न बाँकि छँदै यस पटकको उपाधी पनि आफ्नो नाममा पारेको छ ।

मंगलबारको खेल आफ्नो पोल्टामा पार्दै बायर्नले दुई खेल बाँकि छँदामै उपाधी कब्जा गरेको हो ।

मंगलबार सम्पन्न खेलमा वार्यनले वेर्डर ब्रेमेनलाई उसैको घरेलु मैदानमा १(० ले पराजित गर्यो ।

वार्यनको जितको लागि रोबर्ट लेवान्डोस्कीले खेलको ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

७९ औं मिनेटमा वायर्नका अल्फोन्सो डेभिस दोस्रो पहेंलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सिमित भएको थियो ।

तर पनि वेर्डर ब्रेमेनले त्यसको कुनै फाइदा उठाउन भने सकेन र खेल वायर्नकै पक्षमा गयो ।

योसँगै वायर्नले आठौं उपाधी आफ्नो नाममा गरेको छ ।

दोस्रो स्थानका बोरूसिया डर्टमुन्डले पनि ३ खेल खेल्न बाँकी रहेतापनि वायर्नसँग १० अंकको दुरी भएकाले वायर्नले उपाधिमा हक जमाएको हो ।

उपाधि विजेता वायर्नले लिगमा ३२ खेलबाट ७६ अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको बोरूसिया डर्टमुन्डको ३१ खेलबाट ६६ अंक छ ।

Categorized in स्पाेर्ट्स