युभेन्टसलाई हराउँदै नापोलीले जित्यो कोपा ईटालियाको उपाधी
SamacharDesk – विकाश | २०७७ आषाढ ४, बिहिबार

कोपा ईटालीयामा नापोलीले यस पटकको उपाधी जितेको छ ।
गए राति भएको फाइनलमा युभेन्टसलाई टाईब्रेकरमा हराउँदै नापोलीले उपाधी जितेको हो ।
स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोको टिम युभेन्टसलाई नापोलीले ४–२ ले हराउँदै उपाधी जितेको हो ।
खेलको निर्धारीत ९० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा २ को विरुद्ध ४ गोल गर्दै नापोलीले उपाधीमा कब्जा जमाएको हो ।
युभेन्टसका पउलो डेबाला र डानिलोको प्रहार गोलमा परिणत हुन नसकेपछि नापोलीले उपाधि हात पारेको हो ।
सेमिफाईनलमा युभेन्टसले एसी मिलान र नापोलीले ईन्टर मिलानलाई हराउदै फाईनलमा स्थान बनाएका थिए ।
ईटालीको राजधानी रोमस्थित ओलम्पिक स्टेडियमा विना दर्शक खेल खेलाइएको थियो ।
नापोलीले ६ वर्ष यता पहिलो मुख्य उपाधी जितेको हो ।
Categorized in स्पाेर्ट्स