ट्रम्पले चुनाव जित्न चिनीयाँ सहयोग मागेको दावी
SamacharDesk – शिवेश शर्मा | २०७७ आषाढ ४, बिहिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामाी चुनावमा जित हासिल गर्नका लागि चीनसँग सहयोग मागेको तथ्य सार्वजनिक भएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार, जोन वोल्टनले यस्तो दावी गरेका हुन् ।
बुधबार मात्रै सार्वजनिक भएको वोल्टनको पुस्तकमा ट्रम्पले चुनाव जित्नका लागि चिनीयाँ राष्ट्रपति सि जिनपिङसँग सहयोग मागेको उल्लेख गरेका छन् ।
ट्रम्पले दोश्रो कार्यकालका लागि पनि विदेशी सहयोग लिएर निर्वाचन जित्ने रणनीति लिएको आरोप वोल्टनले लगाएका छन् ।
अमेरीकामा चुनाव प्रयोजनको लागि वैदेशिक सहयोग लिनु गैरकानूनी हो ।
यद्यपिं ह्वाईट हाउसले भने यस पुस्तकले प्रकाशनको मान्यता नपाएको जनाएको छ ।
पुस्तकमा राष्ट्र र सरकारको सुरक्षा र गोपनीयतामा प्रश्न उठ्ने किसिमको विषयवस्तुहरू समावेश भएकोले ह्वाइट हाउसले अमान्य ठहर गरेको ह्वाईट हाउसका प्रेस सेक्रेटरी केईलेघ मेकिननीले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
यस पुस्तक सार्वजनिक गर्ने मिति बुधबार तय भइसकेपछि न्याय विभागले पुस्तक सार्वजनिक नगर्न आकस्मिक आदेश समेत जारी गरेको थियो ।
तर पुस्तक सार्वजनिक हुनुु पूर्व नै विश्वभर कयौँ प्रति पुगिसकेको थियो ।
राष्ट्रपति निवास ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले यस बारे प्रत्यक्ष कदम नचालेको अमेरिकी संचार माध्यमहरूले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय