म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा उक्लने मौका गुमायो
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ६, शनिबार

इङ्गलिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाईटेडले म्याच जित्न नसक्दा चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।
लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग १-१ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै अब म्यानयुले चौथो स्थानमा उक्लने मौका गुमाएको हो ।
टोटनह्यामको घरेलु मैदान टोटनह्याम हटस्पर स्टेडियममा बिना दर्शक खेलाइएको खेलमा स्टेभिन बेर्जविनले २७ औं मिनेटमा गोल गर्दै टोटनह्यामले अग्रता दिलाए ।
म्यानचेस्टर युनाइटेडले ८१ औं मिनेटमा पाएको पेनाल्टीलाई ब्रुनो फर्नान्डेजले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।
पाँचौ स्थानको म्यानचेस्टरको ३० खेलबाट ४६ अंक छ । टोनटह्याम ३० खेलबाट ४२ अंकका साथ आठौँ स्थानमा छ ।
अर्को खेलमा नर्विच सिटीमाथि साउथनह्याम्टनले ३-० को जित हात पारेको छ ।
साउथनह्याम्टनको लागि ड्यानी इङ्ग्सले ४९ औं मिनेटमा, स्टुअर्त आर्मस्ट्रङले ५४औं मिनेट र नाथन रेडमन्डले ७९ औं मिनेटमा गोल गरेका थिए ।
Categorized in स्पाेर्ट्स