arin enterprises

सोसिडाडलाई हराउँदै म्याड्रिड शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ८, सोमबार

स्पेनिश ला लिगामा रियाल म्याड्रिडले रियाल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा उक्लेको छ ।

आइतबार राति भएको रियाल डर्बीमा म्याड्रिडले सोसिडाडलाई २(१ गोलले हरायो । 

बिना दर्शक रियाल सोसिडाडको घरेलु मैदान रिले एरेना स्टेडियममा खेलाइएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

दोश्रो हाफमा ५०औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रियाल म्याड्रिडका कप्तान सर्जियो रामोसले टिमलाई अघि बढाए ।

त्यस्तै ७०औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए ।

सोसिडाडका मिकेल मेरिनोले ८३ औं मिनेटमा टिमका लागि सान्त्वना गोल गरे ।

यो खेलपछि रियाल म्याड्रिडको ३० खेलबाट ६५ अंक रहेको छ । बार्सिलोनाको पनि ३० खेलबाट ६५ अंक रहेको छ तर हेड टु हेडको कारण बार्सिलोना दोस्रो स्थानमा झरेको छ ।

Categorized in स्पाेर्ट्स