चेल्सीद्वारा एस्टन भिल्ला पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ८, सोमबार

इङ्गलिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा चेल्सीले एस्टन भिल्लालाई हराइदिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २(१ गोलले हराएको हो ।
एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा बिना दर्शक खेलाइएको खेलमा अग्रता भने एस्टन भिल्लाले लिएको थियो ।
पहिलो हाफ सकिनै लाग्दा ४३औं मिनेटमा कोत्र्ने हाउजले भिल्लाका लागि गोल गरे ।
दोश्रो हाफमा ६०औं मिनेटमा चेल्सीको लागि क्रिश्चियन पालिसिकले पहिलो गोल दिएर खेललाई बराबरीमा ल्याए ।
त्यसको दुई मिनेट पछि ६२औं मिनेटमा ओलिभियर गिरौदले अर्को गोल थप्दै चेल्सीलाई २–१ को नतिजा दिएर अगाडी लगे ।
पहिलो हाफमै अग्रता लिएको एस्टन भिल्लाले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन र खेल चेल्सीले जित्यो ।
यो जितसँगै चेल्सी ३० खेलबाट ५१ अंक प्राप्त गरी चौथौ स्थानमा यथावत छ ।
आइतबार भएको अर्को खेलमा न्युकासलले शेफील्ड युनाइटेडलाई ३(० ले हराएको छ । त्यस्तै क्रिस्टल प्यालेसले बोर्नेमाउथलाई २(० ले हराएको छ ।
यो लिगमा लिभरपुल ३० खेलबाट ८३ अंक जोड्दै शीर्ष स्थानमा छ ।
Categorized in स्पाेर्ट्स