थप ७६ जनाले कोरोनालाई जिते, निको हुनेको संख्या २२ सय नाघ्यो
SamacharDesk – विकाश | २०७७ आषाढ ९, मंगलबार

पछिल्लो २४ घन्टामा थप ७६ जना कोरोना संक्रमितहरु संक्रमण मुक्त हुँदै देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुबाट डिस्चार्ज भई घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो पटक ६८ जना पुरुष र ८ जना महिला संक्रमणमुक्त भइृ घर फर्केको जानकारी दिनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ । तीमध्ये २ हजार ३५ पुरुष रहेका छन् भने महिलाको संख्या एक सय ८९ छ ।
पछिल्लो पटक गोठगाउँ आइसोलेसन सेन्टर झापाबाट एक जना, ह्याम्स अस्पतालबाट कास्कीका, कालिका अस्पताल, भीरकोटबाट स्याङ्जाका र पाटन अस्पतालबाट लमजुङका एक एक जना पुरुषहरु डिस्चार्ज भएका छन् ।
कोशी अस्पताल झापाका एक महिला ३ पुरुषको साथमा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र ३ पुरुष र मोरङका १४ पुरुष संक्रमण मुक्त भई घर फर्केका छन् ।
रामेछाप अस्पतालबाट १३, बेनी अस्पतालबाट म्याग्दीका दुई, धौलागिरी अस्पतालबाट बागलुङका ३, स्याङ्जा अस्पतालबाट ३ र गोरखा अस्पतालबाट ७ पुरुषहरु पनि निको भई घर फर्केका छन् ।
साइकृष्ण आइसोलेसन सेन्टरबाट सप्तरीका २ महिला ३ पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र ९ पुरुषहरु, कोभिड १९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला निको भए ।
जिपि कोईराला शुक्ला गण्डकीबाट तनहुँका २ पुरुष र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराबाट स्याङ्जाकी एक महिला र कास्कीका ३ पुरुषहरु पनि कोरोना भाईरसले जित्दै डिस्चार्ज भएर घर फर्केका छन् ।
Categorized in समाज