arin enterprises

नापोलीद्वारा भेरोना पराजित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १०, बुधबार

इटालियन सिरि ‘ए’ अन्तर्गत मंगलबारको खेलमा नापोलीले भेरोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा नापोलीले भेरोनालाई २–० गोलले पराजित गरेको हो ।

भेरोनाको घरेलु मैदान मार्क एन्टोनियो बेन्टेगोडीमा बिना दर्शक खेलाइएको खेलको ३८ औं मिनेटमा आर्काडियाउज मिल्लिकले गरेको गोलसँगै नापोली अगाडि बढ्यो ।

त्यस्तै दोस्रो हाफको ९० औं मिनेटमा हिर्भीङ लोजानोले गोल गरेपछि नापोलीले २–० को स्कोर सहित खेल आफ्नो पक्षमा पार्यो ।

मंगलबार राति भएको अन्य खेलहरुमा एस.पि.ए.एल लाई क्यागलियारीले १-० ले पराजित गरेको छ ।

त्यस्तै तोरीनोले उदिनेसेमाथि १-० को जित हात पारेको छ । 

त्यसगरी जेनोआलाई पर्माले ४-० ले हराएको छ ।

मंगलबार रातीका खेलहरु पछि नापोली २७ खेलबाट ४२ अंक जोड्दै छैठौँ स्थानमा छ । युभेन्टस २७ खेलबाट ६६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स