arin enterprises

संघर्षपूर्ण जित पछि बार्सिलोना पुनः शीर्षमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १०, बुधबार

स्पेनिश ला लिगामा बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ ।

बुधवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एथ्लेटिको विल्वाओमाथि १-० को संघर्षपूर्ण जीत निकाल्दै पुनः शिर्ष स्थानमा कब्जा जमाएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ स्टेडियममा बिना दर्शक खेलिएको खेलको ७१औं मिनेटमा इवान राकिटिकले बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए ।

यो जितसँगै बार्सिलोनाले रियल म्याड्रिडसँग ३ अंकको दुरी बनाएको छ । बार्सिलोनाको ३१ खेलबाट ६८ अंक छ भने एक खेल कम खेलेको रियल म्याड्रिड ६५ अंकसहित दोस्रो स्थानमा छ ।

मंगलवार राति भएको अरु खेलमा एट्लेटिको म्याड्रिडले लेभान्तेलाई १-० ले पराजित गरेको छ । 

त्यस्तै ग्रानाडा र लेगानेसले गोल रहितको बराबरी खेल्दा भ्लालाडोलिड र गेटाफेको खेल पनि एक एक गोलको बराबरीमा सकिएको छ ।

Categorized in स्पाेर्ट्स