arin enterprises

कोरोनाको भ्याक्सिन छिट्टै पाइने ट्रम्पको दावी

SamacharDesk – विकाश | २०७७ आषाढ १०, बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन समाजले छिट्टै प्राप्त गर्न लागेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले एरिजोनामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूची साझा गर्दै कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै पाइने बताएका हुन् ।

विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन नदिएको दावी गर्दै ट्रम्पले न्यूयोर्कमा आफ्नो सरकारले  अस्पताल बनाएको भएपनि प्रयोग गर्नुपर्ने अवस्था नआएको बताए ।

सोही क्रममा उनले महामारीका कारण आउन सक्ने आर्थिक समस्याबाट अमेरीकालाई बचाउने ३ अर्ब अमेरिकी डलरको कोष बनाउने विधयेक पास गरेको बताए ।

अमेरिकाले धेरैभन्दा धेरै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा ट्रम्पले जोड दिए 

सभालाई सम्बोधन गर्दै ट्रम्पले केही मानिसहरूले कोरोना भाइरसलाई ‘वुहान भाइरस’, ‘कुङ फ्लु’ र ‘चाइनिज फ्लू’ समेत भन्ने गरेको उल्लेख गरेका थिए ।

हाल अमेरिकामा कोरोना संक्रमितको संख्या २४ लाख २४ हजार ४ सय ९२ पुगिसकेको छ भने मृतक संख्या १ लाख २३ हजार ४ सय ७६ पुगेको छ । त्यसैगरी १० लाख २० हजार ४ सय १२ जना निको भएका छन्  ।

Categorized in अन्तर्राष्ट्रिय