arin enterprises

निको हुनेको दर विस्तारै बढ्दै

SamacharDesk – विकाश | २०७७ आषाढ १०, बुधबार

नेपालमा कोरोना संक्रमण निको हुनेको दर विस्तारैै बढ्दै गएको छ । पछिल्लो सयम यहाँ कोरोना संक्रमण निको हुनेको दर २२ प्रतिशतको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा थप एक सय १४ जना संक्रमितहरु संक्रमणलाई जित्दै घर फर्केका छन् । उनीहरुमध्ये ८ महिला छन् भने एक सय ६ जना पुरुष छन् ।

पछिल्लो पटक डिस्चार्ज हुनेहरुमा सबैभन्दा बढि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट २७ पुरुष र एक जना महिला रहेका छन् ।

त्यहाँबाट संक्रमण निको भई डिस्चार्ज हुनेहरुमा झापाका ४ पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला ४ पुरुषको साथै ते¥हथुमका एक पुरुष हुन् ।

त्यसैगरी भरतपुर अस्पताल चितवनबाट २१ जना डिस्चार्ज भएका छन् । नवलपरासी पूर्वका एक पुरुष, नवलपरासी पश्चिमका २ पुरुष र चितवनका ५ महिला र १३ पुरुष भरतपुर अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

त्यसैगरी जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला, १८ पुरुष गरी १९ जना, कोभिड अस्पताल सपहि जनकपुरबाट २० पुरुष संक्रमणलाई जित्न सफल भई डिस्चार्ज भए । 

सिन्धुली अस्पताल सिन्धुलीबाट ३ पुरुषको साथमा कपिलवस्तु जिल्लाकी एक महिला पनि निको भई घर फर्केकी छन् । । 

दमौली अस्पताल, तनहुँबाट एक पुरुष, धौलागिरी अस्पताल बागलुङबाट ४ पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपि कोईराला शुक्ला गण्डकी अस्पताल तनहुँबाट ६ पुरुष, कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष पनि संक्रमण मुक्त भई घर फर्केका छने ।

हालसम्म कुल दुई हजार ३ सय ३८ जना संक्रमितहरु निको हुन सफल भएका छन् । तीमध्ये एक सय ९७ जना महिला छन् भने दुई हजार एक सय ४१ जना पुरुष छन् ।

Categorized in समाज