एन्थोनी मार्शलको ह्याट्रिकले म्यानचेस्टर युनाइटेड विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

इंग्लिस प्रिमियर लिगमा हिजो राती नै भएको खेलमा एन्थोनी मार्शलको ह्याट्रिकसँगै म्यानचेस्टर युनाइटेड जितेको छ ।
खेलमा म्यानचेस्टर युनाइटेडले शेफील्ड युनाइटेडलाई ३–० नतिजा सहितको फराकिलो जित हात पारेको हो ।
ओल्ड त्राफोड स्टेडियममा बिना दर्शक खेलाइएको खेलमा म्यानचेस्टरका लागि तीनवटै गोल एन्थोनी मार्शलले गरेका हुन् ।
एन्थोनीले खेलको ७ औं र ४४ औं मिनेटमा दुई गोल गदैं पहिलो हाफमा टिमलाई २–० को नतिजामा पुर्याए ।
दोस्रो हाफको ७४औं मिनेटमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पूरा गर्नुका साथै टिलमाई ३(० को जित दिलाए ।
एउटै लीगमा तीन गोल गर्ने अन्तिम युनाइटेड खेलाडी रोबिन भ्यानपर्सी थिए । भ्यानपर्सीले सन् २०१३मा यो ह्याट्रिक गरेका हुन् ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले ३१ खेलमा ४९ अंक जोडेर पाँचौँ स्थानमा यथावत छ ।
Categorized in स्पाेर्ट्स