arin enterprises

‘सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन आमन्त्रण गर्यो’

SamacharDesk – समाचारडेस्क – पोलिटिक्स ब्युरो | २०७५ आषाढ २१, बिहिबार

नेपाली कांग्रेसले सरकारले प्रतिपक्षलाई द्वन्दमा उत्रन खुला आमन्त्रण गरेको बताएको छ । नेपाली कांग्रेसले देउवा नेतृत्वको सरकारले गरेका कानूनसम्मत् नियुक्तिलाई वर्तमान सरकारले खारेज गरेर द्वन्दको खुला आमन्त्रण दिएको जनाएको हो ।  

पार्टि कार्यालय सानेपामा बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले निर्वाचित तत्कालीन प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै सहमतिमा गरेका नियुक्तिहरु खारेज गर्नु कानून विपरित भएको बताए । 

पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार समयमै नसच्चिए प्रतिपक्ष दलको राजनीतिक र कानूनी झमेलाको सामना गर्न तयार रहन चेतावनी दिनुभयो ।

स्वेच्छाचारी ढंगका यस्ता निर्णयहरुले कानूनी शासनको आधारशीलामै प्रहार भएको शर्माको भनाई थियो । 

बुधबार राती बसेको मन्त्रीपरिषद्को वैठकले गत भदौ १४ गते राती निर्वाचन आचार संहिता लागू भएपछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसले आज सोही निर्णय कानून विपरित भएको भन्दै फिर्ता लिन आग्रह गरेको हो ।

Categorized in राजनीति