arin enterprises

निको हुने २५ सय नाघ्यो

SamacharDesk – विकाश | २०७७ आषाढ ११, बिहिबार

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २५ सय नाघेको छ ।

आज जम्मा ३ सय १२ जना संक्रमितहरु संक्रमण निको भई विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएसँगै कुल निको हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घन्टामा १९ जना महिला र २ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजसम्ममा २ सय १६ जना महिला र २ हजार ४ सय ३४ जना पुरुष कोरोना संक्रमणबाट निको भएका छन् ।

पछिल्लो पटक निको हुनेमा अल्पाइन सबभन्दा बढि गौरीशंकर कलेज रौतहटबाट ३ महिला र ७७ पुरुष गरी ८० जना निको भई डिस्चार्ज भएका छन् ।

त्यसैगरी नर्सिङ इन्स्टिच्यूट सर्लाहीबाट ६९ पुरुष र प्रादेशिक अस्पताल सुर्खेत बाट दैलेखका एक पुरुषको साथमा सुर्खेतका ३ महिला र २९ पुरुष पनि निको भई घर फर्केका छन् ।

त्यसैगरी जलेश्वर अस्पताल महोत्तरी २१ पुरुष, सपही आइसोलेसन सेन्टर सपही धनुषाबाट ३ महिला र ४२ पुरुष, सिराहाबाट एक जना पुरुष पनि संक्रमणमुक्त भएका छन् ।

दुल्लु अस्पताल दुल्लुबाट २ महिला ५ पुरुष, कोभिड १९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट १ पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगंजबाट २ पुरुष पनि निको भएका छन् ।

आइसोलेसन सेन्टर खजुरा बाँकेबाट ४ महिला ४ पुरुष, आइसोलेसन सेन्टर बनकटुवा बाँकेबाट ३ पुरुष, आइसोलेसन सेन्टर राप्ती सोनारी बाँकेबाट एक महिला र १० पुरुष पनि घर फर्केका छन् ।

त्यसैगरी संक्रमण निको भएर घर फर्किनेमा आइसोलेसन सेन्टर पिपरी कोहलपुर बाँकेमा उपचाररत ६ पुरुष, लायन्स डेन्टल आइसोलेसन सेन्टर बाँकेबाट ६ पुरुष, प्रादेशिक अस्पताल जनकपुर धनुषाबाट ४ पुरुष, साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट ३ महिला, १२ पुरुष  रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै निको हुनेको दर पनि बढ्दैछ । आजसम्मको तथ्याङ्क अनुसार कुल संक्रमित मध्ये २३.७४ प्रतिशत निको भएका छन् ।

Categorized in समाज