एकैपल्ट पाँच एआइजीको राजीनामा
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ २१, बिहिबार

सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले संयुक्त रुपमा राजीनामा दिएका छन् ।
बिहिबार अपरान्ह सशस्त्र प्रहरी बलका पाँच जना एआइजीले सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालमार्फत संयुक्त रुपमा राजीनामा दिएका हुन् ।
राजीनामा दिने एआइजीहरुमा जानकीराज भट्टराई, सुवोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकार विक्रम शाह र राजेन्द्र श्रेष्ठ रहेका छन् ।
एआइजीहरुका राजीनामा महानिरिक्षक खनालले गृह मन्त्रालयमा निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।
बुधबार राती बसेको मन्त्रीपरिषद्को वैठकले भदौ १४ गते राती निर्वाचन आचार संहिता लागू भएपछिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय लगत्तै एआईजीहरुको राजीनामा आएको हो । सो निर्णयबाट राजीनामा दिने एआईजीहरुको पद पनि धरापमा परेको थियो ।
Categorized in राष्ट्रिय