३० वर्षपछि लिभरपुल उपाधी विजेता
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १२, शुक्रबार

३० बर्ष पछि लिभरपुल इंग्लिस प्रिमियर लिग (ईपीएल)को उपाधी विजेता बन्न सफल भएको छ ।
बिहिबार राती भएको खेलमा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएपछि लिभरपुल सात खेल बाँकि छँदै उपाधी विजेता बनेको हो ।
सिटिले खेल गुमाएपछि लिभरपुलले सिछिसँग २३ अंकको उछिन्न नसकिने अग्रता लिएको हो ।
लिगको उपाधि पक्का भएपछि हजारौं समर्थकहरुले लिभरपुलको घरेलु मैदान एन्फिल्डमा जम्मा भएर जितको खुशीयाली मनाएको छ ।
लिभरपुलले यसभन्दा अघि अन्तिम पटक सन् १९८९–१९९० मा लिग जितेको थियो । यो लिभरपुलको १९औं उपाधी हो ।
यससँगै लिभरपुल म्यानचेस्टर युनाइटेडको २० लिग उपाधीको रेकर्डको नजिक पनि पुगेको छ ।
लिगमा लिभरपुलले ७ खेल खेल्न बाँकी छ ।
यसपछि भने लिभरपुलले अर्को खेलमा म्यानचेस्टर सिटी विरुद्ध नै खेल्नेछ ।
Categorized in स्पाेर्ट्स