गंगामायालाई जुनै बेला जे पनि हुनसक्ने
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ २१, बिहिबार

वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले गंगामाया अधिकारीलाई जुनैपनि बेला जे पनि हुनसक्ने बताउनुभएको छ ।
बस्नेतले गंगामाया अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भइसकेकोले कुनै पनि बेला जे पनि हुनसक्ने बताउनुभएको हो ।
छोराको हत्यारालाई कारवाहिको माग गर्दै अनसनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएकि पूर्वप्रधानन्यायधीस सुशीला कार्कीसँग कुरा गर्दै निर्देशक बस्नेतले यस्तो जानकारी दिनुभएको हो ।
हाल गंगामायालाई स्लाइन पानी चढाइएको भएपनि त्यसबाट मानव शरीरलाई चाहिने सम्पूर्ण पोषण नपाइने बस्नेतले बताउनुभयो । ४० दिनदेखि केहि अन्न नखाई बसेकी गंगामायाको स्वास्थ्य अवस्था दिनानुदिन खस्किँदै गइरहेको हुँदा कहिले के होला भन्न नसकिने बस्नेतको भनाई थियो ।
गोरखा फुजेलकी गंगामाया छोराको हत्यारालाई कारवाहीको माग गर्दै विगत ४० दिनदेखि वीर अस्पतालको शैय्यामा अनसनरत हुनुहुन्छ । छोराको हत्यारालाई कारवाहीको माग गर्दै अनसनकै क्रममा २०७१ असोज ६ गतेका दिन गंगामायाको श्रीमान नन्दप्रसाद अधिकारीको मृत्यु भइसकेको छ ।
गंगामाया अधिकारीका १६ वर्षिय छोरा कृष्णप्रसाद अधिकारीको ०६१ ज्येष्ठ २४ गतेका दिन चितवनमा हत्या भएको थियो ।
Categorized in राष्ट्रिय