arin enterprises

बार्सा सेल्टा भिगोसँग बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १४, आइतबार

स्पेनिश ला लिगामा शनिबार भएको खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ ।

सेल्टाको घरेलु मैदान म्युनिसिपल गे बालाइडोसमा भएको खेलमा बार्सिलोनाले सेल्टासँग २–२ को बराबरी खेल्दै अंक बाड्न बाध्य भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि दुबै गोल लुइस स्वारेजले गरे ।

स्वारेजले खेलको २० र ६७ औं मिनेटमा गोल गरेका हुन ।

५० औं मिनेटमा सेल्टाको फेडोर स्मोलोभले र ८८औं कप्तान इएगो आस्पासले फ्रिकिकमार्फत गोल गरेका थिए ।

यो बराबरीसँगै लिगमा बार्सिलोनाको ३२ खेलबाट ६९ अंक भएको छ ।

Categorized in स्पाेर्ट्स