आगलागीमा जलेर एक बृद्धको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

दोलखाको बिगु गाउँपालिकामा किराना पसलमा आगलागी हुँदा एक ८३ वर्षीय बृद्धको मृत्यु भएको छ ।
बिगु गाउँपालिका–८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी भएको थियो ।
सोही आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको हो ।
आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज