arin enterprises

नेकपा एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री बन्ने

SamacharDesk | २०८१ आषाढ ३०, शनिबार

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार नियुक्त गर्ने हुनुभएको छ ।

ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि त्यही दिन साँझ नै सपथ गराइने भएको शीतल निवास जनाएको छ ।

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गरेको थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

प्रतिनिधिसभामा पहिलो ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको छ ।

संविधानको धारा ७६ ९२० अनुसार उहाँले सो पदका लागि दावी पेश गर्नुभएको हो । कांग्रेसका ८८ र एमालेका ७८ सहित १ सय ६६ जना सांसदको हस्ताक्षरमा दाबी पेश भएको छ ।

दाबी पेश गर्न ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै पार्टीका नेताहरू पुगेका थिए ।

Categorized in राष्ट्रिय