arin enterprises

भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किन्दा एकको मृत्यु

SamacharDesk – समाचारडेस्क | २०८० फाल्गुण ३०, बुधबार

धनकुटामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित सडकमा को.१ च ३२८० नम्बरको मारूती भ्यान र को.३३ प ८३५७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय दिवश तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका तामाङको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा घाइते भएका मारूती भ्यान र मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Categorized in समाज