मुगुमा एकै परिवारका चार जनाको हत्या
SamacharDesk | २०८० कार्तिक १०, शुक्रबार

मुगुको छायाँनाथ रारा नगरपालिका–६ स्थित मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको छ ।
मृत्यु हुनेहरुमा २७ वर्षीया आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज बोहरा, ७ वर्षीया छोरी अप्सरा बोहरा, ८ वर्षीय छोरा रहर बोहराको हत्या गरिएको मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक वीरेन्द्र थापाले जनाएको छ ।
प्रमुख थापाका अनुसार हत्याराले धारिलो हतियार प्रहार गरी रातिको समयमा एकै घरपरिवारका चार जनाको हत्या गरेको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । श्रीदेवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेको खुलासा भएको छ ।
छायाँनाथ रारा नगरपालिका– ६ मुन्दु गाउँकी स्थानीय धर्मी बोहराका अनुसार ८ गते बेलुका ४ बजेतिर माइतीघर कोटिलाबाट टीका लगाएर उहाँहरु घर आउनुभएको थियो ।
हत्या गर्ने हत्याराले घरभित्र हत्या गरेर ढोकामा ताल्चा लगाएर भागेको प्रहरीको भनाइ छ ।
Categorized in अपराध