भरतपुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ४, बिहिबार
चितवनको भरतपुरमा भएको एक सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१४ बरौजी चोकमा भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२२ पटिहानी बस्ने २६ वर्षीय कबिन महतोको मृत्यु भएको हो ।
आज (बिहिवार) दिउँसो बरौजी चोकको सडकमा बा.प्र.०६–००२ प ७४१९ नम्बरको मोटरसाइकल ना.२५ प ९७४९ नम्बरको स्कुटरसँग ठक्कर खाइ दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक महतो उछिट्टिएर बा.प्र.०६–००१ क ०२०६ नम्बरको बसमा ठक्कर खाई गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in समाज




