arin enterprises

साग अवार्ड २०२४ मा पनि ‘ओपेनहाइमर’ उत्कृष्ट

SamacharDesk | २०८० फाल्गुण १४, सोमबार

स्क्रन एक्टर्स गिल्ड (साग) अवार्ड २०२४ मा पनि ‘ओपेनहाइमर’ले बाजि मारेको छ । हलिउड हड्तालले अघिल्लो वर्ष रोकिएको यो अवार्ड यस वर्ष आयोजना भएको हो ।

आइतबार हलिउडमा भएको अवार्ड कार्यक्रममा ‘ओपेनहाइमर’ र अभिनेता किलियन मार्फीले बाजी मारे भने ‘बार्बी’ अभिनेत्री मार्गट रोबी जितबाट वञ्चित रहिन् ।

गर्मीयामको बक्स अफिसमा ओपेनहाइमर र बार्बीले उत्कृष्ट कमाइ गरेका थिए । तर बार्बीको अवार्ड जितवाट भने वञ्चित नै रह्यो । अर्को महिना हने अस्कार अवार्डमा पनि ‘ओपेनहाइमर’ले सर्वाधिक विधामा अवार्ड जित्ने अपेक्षा गरिएको छ ।

सागको उत्कृष्ट फिल्मतर्फ ‘ओपेनहाइमर’, अभिनेतातर्फ ओपेनहाइमरबाट किलियन मर्फी, अभिनेत्रीतर्फ ‘किलर्स अफ द फ्लावर मुन’तर्फ लिली ग्लाडस्टोन, सहायक अभिनेतामा ओपेनइहाइमरबाट रोबर्ट डाउने जुनियर, सहायक अभिनेत्रीतर्फ द होल्डओभर्सबाट द भाइन जोय रान्डोल्फ उत्कृष्ट भए ।

सर्वश्रेष्ठ ड्रामा सिरिजतर्फ ‘सक्सेसन’ले पाँच विधामा अवार्ड उचाल्यो । 

Categorized in पेजथ्री