arin enterprises

ओपेनहाइमरले जिते ७ विधामा अस्कर

SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

९६औं संस्करणको अस्कर अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न यस वर्षको अस्कर अवार्डमा कार्यत्रलममा ‘ओपेनहाइमर’को वर्चस्व देखिएको छ ।

आणविक बमका आविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेइनहाइमरको यो बायोपिक फिल्मले सात विधामा जितेको छ ।

यो फिल्मले सर्वश्रेष्ठ फिल्म, निर्देशक, अभिनेता, सहायक अभिनेता, सम्पादन, छायांकन, बेस्ट स्कोरसहित अवार्ड जित्यो ।

‘ओपेनहाइमर’ १३ विधामा मनोनयन भएको थियो । क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बन्दा किलियन मर्फीले अभिनेता विधामा बाजी मारे ।

रोबर्ट डाउने जुनियरले यो फिल्मको सहायक अभिनेतामा बाजी मारे ।

सर्वश्रेष्ठ अभिनेताको अवार्ड ग्रहण गर्दै अभिनेता किलियन मर्फीले निर्देशक नोलनसहित फिल्मको टोलीलाई धन्यवाद दिए । उनले आफ्नो अवार्ड शान्तिका लागि संघर्ष गर्नेहरुलार्ई समर्पण गरे ।

‘हामीले आणविक बम सिर्जना गर्ने मानिसको बारेमा एउटा फिल्म बनायौं । राम्रो वा नराम्रो जे भएपनि हामी सबै ओपेनहाइमरको संसारमा बाँचिरहेका छौं, त्यसैले म यसलाई शान्तिकर्ताहरूलाई समर्पित गर्न चाहन्छु’ उनले भने ।

किलियन मर्फी, क्रिस्टोफर नोलन ररोबर्ट डाउने जुनियरको योे पहिलो अस्कर हो ।

यस्तो छ सर्वश्रेष्ठ सूची :

फिल्म– ओपेनहाइमर

निर्देशक– क्रिस्टोफर नोलन (ओपेनहाइमर)

अभिनेता– किलियन मर्फी (ओपेनहाइमर)

अभिनेत्री– एम्मा स्टोन (पुअर थिंग्स)

सहायक अभिनेता– रोबर्ट डाउने जुनियर (ओपेनहाइमर)

सहायक अभिनेत्री– द–भाइन जोय रान्डोल्फ (द होल्डओभर्स)

एडप्टेड स्क्रिनप्ले– अमेरिकन फिक्सन

ओर्जिनल स्क्रिनप्ले– एनाटोमी अफ अ फल

छायांकन– ओपेनहाइमर

ओर्जिनल सङ– बिली एलिस (बार्बी)

कस्ट्युम डिजाइन– पुअर थिंग्स

ध्वनी– द जोन अफ इन्ट्रेस्ट

ओर्जिनल स्कोर– ओपेनहाइमर डकुमेन्ट्री

फिचर– ट्वेन्टी डेज इन मौरिपल

अन्तर्राष्ट्रिय फिचर– द जोन अफ इन्ट्रेस्ट

मेकअप एण्ड हेयरस्टाइलिङ– पुअर थिंग्स

प्रोडक्सन डिजाइन– पुअर थिंग्स

सम्पादन– ओपेनहाइमर

भिजुअल इफेक्ट– गोडजिला माइनस वन 

Categorized in पेजथ्री