३ सय बढि कलाकारबाट ४० बाजागाजाको अर्केस्ट्रा शो हुँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० जेठ २६, शुक्रबार

काठमाडौं उपत्यकाको विभिन्नज जातजाती तथा भाषिक समुदायको आर्केस्ट्रा हुने भएको छ ।
स्थानीय विभिन्न लोकबाजाहरुको प्रदर्शन गर्ने उद्देश्यले ज्यापु महागुथि नेपाःले ‘नेपाल आर्केस्ट्रा ११४३’ कार्यक्रमको आयोजना गर्न लागेको हो ।
अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा आउँदो जुन १० तारीख (२०८० जेठ २७ गते) काठमाडौंको खुल्लामञ्चमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाको सहकार्यमा महागुथिले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
आर्केष्ट्रामा ३ सय बढि कलाकारले करीब ४० प्रकारका बाजागाजाहरुको प्रदर्शनी गर्ने आयोजक संस्थाले जनाएको छ ।
नेपालको सांगितिक क्षेत्रमा यो संख्याको कलाकारहरुबाट एकै पटक एकै डबलीबाट प्रस्तुति दिन लागेको यो पहिलो पटक भएको महागुथिको दाबी छ ।
युवा पुस्तामा मौलिक परम्परागत बाजागाजा र संगीत पुस्तान्तरण गर्दै यस क्षेत्रको विकास र विस्तार गर्ने तथा नेपालको विभिन्न समुदायको बाद्यवादन, बाजागाजा र संगीतको देशमा साथै विदेशमा समेत प्रचार प्रसार गर्ने उद्देश्य कार्यक्रमको आयोजना गर्न लागिएको पनि महागुथिले जानकारी दिएको छ ।
Categorized in समाज