arin enterprises

विश्वयुद्धमै नरोकिएको अस्कर अवार्ड यसपालि सर्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १, बिहिबार

सन् १९२९ देखी शुरु भएर अहिलेसम्म निरन्तर चलिआएको अस्कर अवार्ड यसपालि पहिलो पटक सरेको छ । 

दोस्रो विश्वयुद्धको समयमा पनि निरन्तर भएको अस्कर अवार्ड यसपालि कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण सरेको हो ।

२८ फेब्रुअरी २०२१ मा हुने भनिएको अस्कर पुरस्कार समारोह अब ४ महिना पर सारिएको हो ।

अस्कर एकेडेमीले गत महिना अद्यावधिक गरेको तालिकामा यो बर्ष रिलीज भएका चलचित्रहरुले सन् २०२२ को लागी समेत नोमिनेशन दिन सक्ने बताईएको थियो । 

निर्माताले यस बर्षको अन्तिममा या अर्को बर्षसम्म रिलीज भएका चलचित्रहरु पनि अस्करमा जान सक्छन् भनी विश्वाश गर्न सकुन् भनेर यस्तो नियम बनाईएको थियो ।

साथै नोमिनेशन क्याटगरी घटाएर २३ बनाईएको एकेडेमीले बताएको छ ।

यो परिवर्तन भने स्थायी भने होइन । नयाँ नियम यहि बर्ष मात्र लागु हुनेछ । 

एकेडमीले महामारीलाई मध्यनजर गर्दै नियममा केहि परिवर्तन गरेको हो ।

अस्करको लागी चलचित्र पठाउने प्रक्रिया मार्च(अप्रिलको अन्त्यतिर शुरु हुने गर्छ । नोभेम्वर(डिसेम्बरको बीच नोमिनेशन शर्ट लिस्ट गरिन्छ भने निर्णायक सदस्यले जनवरीमा भोटिङ्ग गर्ने गर्छन् ।

कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएका कारण कुनै पनि देशमा चलचित्र रिलीज हुन पाएका छैनन् । 

पर्याप्त चलचित्रका नोमिनेशनको लागी समेत आवेदन नआएकोले यसपालि अवार्ड कार्यक्रमको मिति सारिएको हो । 

कोरोनाभाइरस महामारीका कारण जेम्स बोन्डको ‘नो टाइम टु डाई’, मार्भेल स्टुडियोको ‘ब्ल्याक विडो’ र डिज्नीको ‘मुलन’ जस्ता ठुला चलचित्रहरुको समेत रिलीज सरेको छ ।

Categorized in पेजथ्री