arin enterprises

ललितपुर महानगरपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग

SamacharDesk – बिराज | २०७८ जेठ १३, बिहिबार

नेपाल र्‍यापिड एक्सन टास्कफोर्स (N-RAT) समुह, नेपाल राईजिङ्ग, युएसए र गुथिको सहकार्यमा ललितपुर महानगरपालिकार्या ५ वटा अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरिएको छ ।

बुधबार ललितपुर महानगरको कार्यालयमा महानगर प्रमुख चिरिबाबु महर्जनलाई उक्त मेसीन हस्तान्तरण गरियो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अहिलेको अवस्थामा अक्सिजन सिलिण्डर जस्तो जीवन बचाउने सामग्रीको सहयोग पाउँदा आफुलाई संक्रमितको जीवन रक्षामा अझ सशक्त ढङ्गले अघि बढ्न हौसला मिलेको बताउनुभयो ।

महर्जनले आइसोलेसन सेन्टर कोभिड संक्रमितलाई मात्र नभई अस्पतालबाट डिस्चार्ज भई अक्सिजन चाहिने विरामीहरुलाई पनि महत्वपूर्ण हुने बताउनु भयो ।

ललितपुर महानगरपालिकाले बागडोलमा ज्यापु समाज वृद्धाश्रम आइसोलेसनमा ७० जना र सुनाकोटी युवाघर आईसोेलेसन सेन्टरमा ५० जना संक्रमितहरुलाई नगरपालिकाले पौष्टिक आहार र मानसिक परामर्श कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले विदेशमा रहेका नेपालीहरुले कोष स्थापना गरि संकलित रकमबाट नेपालमा रहेका कोभिड संक्रमितहरुका लागि अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्न सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

राईजीङ्ग नेपाल युएसएका प्रतिनिधि डा. अरबिन जोशीले ललितपुर महानगरपालिकाका आईसोलेसन सेन्टरहरुमा संक्रमितहरुको उपचारमा अनुभवी र विज्ञ चिकित्सकहरुको उपस्थितीले आफुलाई खुसी लागेको बताउनुभयो ।

N-RAT बिफोन, सेन, एन्फो, क्रिएशन नेपाल र गुथिको संयुक्त समुह हो । यस समूहले कोभिड १९ संक्रमित बिरामीलाई उपचार गर्न विभिन्न अस्पताल र आईसोलेसन सेन्टरहरुमा गरि अहिलेसम्ममा ३० वटा अक्सिजन सिलिण्डर र १० वटा अक्सिजन कन्सनट्रेटर मेसिन सहयोग गरिसकेको छ ।

Categorized in स्थानीय