arin enterprises

पचली भैरवको नाच साँखुमा सम्पन्न : फोटो फिचर

पचली भैरव १२ बर्षे खड्ग सिद्धि जात्राको नाच साँखुमा सम्पन्न भएको छ । शनिबार पचली भैरव देवगणको नाच साँखुमा ४८ बर्षपछि साँखुको साल्खा टोलमा सम्पन्न भएको हो ।

शनिबार गणेशको इलाँ दने नाचवाट सुरु गरि क्रमश :– ब्रह्मायणी, रुद्रायणी, कौमारी, बैष्णवी, बाराही र सिंहीनी व्याघिनीको नाच नचाइएको थियो ।

त्यसपछि बलिपूजा गरि, पात्र लिई अजिमा (काली)को दैत्यवध नाच देखाइ देवगणहरु पुनः आफ्नो द्यःछेँ (देवघर) फर्केका थिए ।

यसअघि शुक्रबार चाप्याखं भनि रातको नाच देखाइएको थियो ।

४८ बर्षपछि पचली भैरवको देवगण साँखुमा नाच्दाको क्षण स्थानीय फोटोग्राफर आयुश श्रेष्ठले खिचेको फोटो फिचर ।

विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् :– ४८ बर्षपछि पचली भैरवको परदेश यात्रा साँखुमा