arin enterprises

अमेरिकाबाट “ब्याटल अफ सिंगर्स” शुरु हुने

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २६, शुक्रबार

अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” naulo digital ले विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

“ब्याटल अफ सिंगर्स” नाम दिइएको प्रतिस्पर्धामा विश्वको जुनसुकै कुनामा रहेका प्रतिभाहरुले भाग लिन पाउने आयोजकले जनाएको छ ।

कुनै वर्ग विशेष, उमेर आदिको बन्देज नगरिएको सो “ब्याटल अफ सिंगर्स”मा भाग लिनको लागि प्रतियोगीले कुनै पनि गीत गाएर त्यसको भिडियो बनाएर पठाउनु पर्ने जानकारी दिइएको छ ।

प्रतियोगितामा भाग लिने चाहनहरुले एउटाभन्दा बढी जतिसुकै संख्यामा गीतको भिडियो बनाएर पठाउन सकिने र त्यसरी प्राप्त गीतलाई आयोजकको युट्युब लगायत आयोजककै अन्य सामाजिक सञ्जाल लगायतका डिजिटल माध्यमहरुबाट प्रसारण गरिनेछ ।

त्यसरी प्रसारण गरिएका गीतहरुमध्येबाट सबैभन्दा बढी भ्यूज पाउने गीतका सर्जकलाई एक हजार डलर नगद प्रदान गरीनुका साथै एउटा म्युजिक भिडियो पनि आयोजकले बनाई दिने व्यवस्था गरिएको छ ।

त्यसैगरी सबैभन्दा बढी एक अर्कामा शेयर गरिएको गीतका सर्जकलाई पाँच सय डलर नगदका साथै एउटा म्युजिक भिडियो बनाई दिने व्यवस्था छ ।

यो प्रतियोगितामा भाग लिन चाहनेहरुले आयोजकको वेबसाइट naulodigital.com मार्फत आवेदन दिने सकिने आयोजकको तर्फबाट सुनिल माथेमा प्रधानले बताउनु भएको छ ।

Categorized in पेजथ्री