नेपालभाषाका दुई म्युजिक भिडियो एकसाथ सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २८, आइतबार

नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका एक लोकप्रिय कलाकार सुरज नापित अभिनित दुई वटा म्युजिक भिडियो एउटै कार्यक्रममा एकै साथ सार्वजनिक गरिएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा सुरज नापितकै निर्देशन र अभिनय रहेको दुई गीतहरू ‘छंगु हिसि दुगु ख्वाः’ र ‘ए जि यःम्ह तिमिला’ गीतको म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपालभाषाका प्रथम म्यूजिक भिडियो निर्देशक वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले नेपालभाषा संगीत क्षेत्र अब आर्थिक रुपमा पनि सबल हुनु पर्ने बेला आएको बिचार राख्नुभयो ।
कलिउडका चर्चित कलाकार धीरेन शाक्यले नेवाः म्युजिक भिडियो पनि प्राविधिक पक्षमा झन राम्रो हुँदै आएको बताउनुभयो ।
त्यस्तै सन्चारकर्मी दर्शनवीर शाक्यले सार्वजनिक गरिएको दुइटै म्युजिक भिडियोमाथि समीक्षात्मक टिप्पणी गरे ।
सार्वजनिक गरिएको दुबै गीतका गायक, गीतकार र संगीतकार कैलाश महर्जन हुन् । दुबै गीतको संगीत संयोजन बुद्ध सायमि ले गरेका हुन् ।
गीतलाई सुजित नापितले सह निर्देशन गरेका छन् । छायाँकन र सम्पादन अमर चित्रकारले गरेका छन् भने सह छायाँकारका रुपमा प्रजोन पराजुलीले साथ दिएका छन् ।
Categorized in पेजथ्री