नायिका श्वेता भोलि विवाह बन्धनमा बाँधिदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

नायिका श्वेता खड्काको विवाह भोलि हुन लागेको छ । नायिकाको खड्काको विवाह भोलि धनगढीका विजयन्द्र सिहं रावतसँग हुन लागेको हो ।
भोलि गोकर्ण फरेस्ट रिसोर्टमा मात्र पारिवारिक जमघटका बीच उनीहरुको विवाह हुनेछ । श्वेता र रावत केही समयदेखि प्रेममा थिए ।
श्वेताको यो दोस्रो विवाह हो । यसअघि श्वेताको विवाह २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । उनको श्रीकृष्णसँग पनि प्रेम विवाह नै भएको थियो ।
विवाहको एक महिनापछि साउन २५ गते भारतमा उपचारको क्रममा श्रीकृष्णको निधन भएको थियो ।
चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिकाले श्रीकृष्णसँग कोहिनूर चलचित्रमा पनि अभिनय गरेकी थिइन् ।
Categorized in पेजथ्री