arin enterprises

पाकिस्तानमा मे ३१ सम्मको लागि लकडाउन थप

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २८, आइतबार

पाकिस्तानमा लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ ।  पाकिस्तान सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । 

तर सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँ र व्यापार व्यवसाय गर्नेहरुलाई भने यहि शनिवारदेखि लकडाउन केही खुकुलो पनि गरिएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने छ । 

पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुको दैनिक जीवनयापनमा समस्या हुनसक्ने भन्दै लकडाउन खुकुलो गर्ने निर्णय गरिएको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताए ।

संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु जरुरी रहेको अधिकारीहरुको भनाई छ ।

कोरोनाभाइरसबाट पाकिस्तानमा संक्रमित हुनेको संख्या २९ हजार बढि छन् । ती मध्ये ६ सय ३९ जनाको मृत्यु भएको छ भने ८ हजार २३ जना उपचारपछि निको भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९ सय ९१ जना नयाँ संक्रमित थप भएको छ । 

Categorized in अन्तर्राष्ट्रिय