arin enterprises

पाकिस्तानी क्रिकेटर अफ्रिदीलाई कोरोना संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३१, शनिबार

चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोनाभाइरस (कोभिड १९) को संक्रमण भएको छ । ट्वीटरमा ट्वीट गर्दै अफ्रिदीले परीक्षणमा आफुमा कोभिड १९ पोजेटिभ देखिएको सार्वजनिक गरे ।

गत बिहीबारदेखि अस्वस्थ भएकाले कोभिड १९ परीक्षण गराउँदा दुर्भाग्यवस नतिजा पोजेटिभ नतिजा कुरा अफ्रिदीले जानकारी गराएका छन् ।

अफ्रिदीले आफ्नो सुस्वास्थ्यको लागि प्रार्थना गरिदिन समेत ट्वीटरमार्फत आग्रह गरेका छन् । 

अफ्रिदी पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान हुन् तर हाल उनले सन्यास लिइसकेका छन् ।

अफ्रिदी पछिल्लो समय आफ्नो फाउन्डेशनमार्फत पाकिस्तानमा लकडाउनवाट प्रभावित भएकालाई राहत बाँड्न सक्रिय थिए ।

यस अघि पनि पाकिस्तानमा धेरै सेलिब्रिटीलाई कोरोना संक्रमण भइसकेको छ ।

पाकिस्तानमा १ लाख ३२ हजार ४ सय ५ जना संक्रमित छन् । तीमध्ये २ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ भने ५० हजार ५६ जनाले भाइरसलाई जितिसकेका छन् ।

Categorized in स्पाेर्ट्स