arin enterprises

भारतसँग वार्ताका लागि पाकिस्तानको शर्त

SamacharDesk – बिकाश | २०७८ जेठ १७, सोमबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ५ अगस्ट २०१९ भन्दा अगाडीकै स्थिती फर्काइए मात्र भारतसँग वार्ता गर्ने बताएका छन् ।

पाकिस्तानमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले भारतले २०१९ अगस्ट ५ को कदमलाई फिर्ता लिए वार्ता गर्न सकिने बताएका हुन् ।

‘भारतले पहिलाकै स्थिती कायम नगरेसम्म पाकिस्तानले भारतसँग आफ्नो सम्बन्ध बनाएमा काश्मिरीहरुलाई पिठ्युं देखाउनु सहर हुनेछ’ खानले भनेका छन् ।

भारतसँग सम्वन्ध सुध्रिए पाकिस्तानलाई पनि धेरै फाइदा हुने कुरा भने खानले स्वीकारेका छन् ।

खानले भने ‘सत्तामा आउनु अघिदेखि भारतसँग मैत्री सम्वन्ध बनाउने र वार्ताबाटै कश्मीरको मुद्दा समाधान गर्ने मेरो प्रयास थियो तर, अहिले विद्यमान अवस्थामा भारतसँग सम्वन्ध बनाइए काश्मिरलाई धोखा हुनेछ’ खानको भनाई थियो ।

भारतले भने पाकिस्तानसँग सामान्य छिमेकीको सम्वन्ध राख्न चाहेको र यसको लागि आतङ्क र हिंसारहीत वातावरण बनाइनुपर्ने भनेको छ ।

भारतले २०१९ अगस्ट ५ मा जम्मू र काश्मिरलाई दिइएको विशेष सम्वैधानिक मान्यतलाई समाप्त गर्दै यसलाई दुई केन्द्र शासित प्रदेशमा विभाजन गरिदिएको थियो ।

भारतले बारम्बार जम्मू र काश्मिर आफ्नै अभियन्न अंग भएको र आफ्नो समस्या समाधान गर्न आफैं सक्षम भएको बताउँदै आएको छ । 

Categorized in अन्तर्राष्ट्रिय