arin enterprises

विमान दुर्घटनामा पर्नेमध्ये २६ जनाको पहिचान

SamacharDesk | २०७९ माघ २, सोमबार

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमानमा सवार ६९ जनाको शव फेला परेको छ ।

चालक दलका ४ सदस्यसहित ७२ जना सवार यति एयरलायन्सको नाइन(एन एएनसी एटीआर ७२(५०० विमान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो ।

६९ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना गरी १५ जना विदेशी नागरिक रहेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा एकै परिवारका ४, डाक्टर दम्पती र गायिकाको पनि निधन भएको छ । दुर्घटनाग्रस्त विमानमा ३ बालक र ३ शिशु सहित २५ महिला, ३७ पुरुष सवार रहेको जनाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अन्जु खतिवडा र एयर होस्टेज सृजना होङचुन र ओसिन आलेमगर हुनुहुन्थ्यो ।

विमानमा चालक दलका चार जना तथा ६८ जना यात्रु रहेकोमा ६६ जनाको शव फेला परेको छ भने छ जनाको अवस्था पत्ता लागेको छैन । हराइरहेकाहरुको खोजी कार्य आज विहानदेखि नै सुचारु गरिएको छ ।

खोजीका लागि सशस्त्र प्रहरीको गोताखर टोली सेति नदि खोंचमा गएको छ । मृतकहरुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । मृतक ६९ जना मध्ये २६ जनाको सनाखत भइसकेको बताइएको छ ।

यसैबीच, पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यति एयरलाइन्सले आज हुने भनिएका सबै उडान रद्द गरेको छ । सरकारले हिजो भएको यति एअरलाइन्सको विमान दूर्घटनाको शोकमा आज देशभर शोक विदा दिइएको छ ।

दूर्घटनमा जनधनको ठूलो क्षति भएको भन्दै सरकारले आज देशभर विदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सवै सेवा तथा कार्यक्रमहरु स्थगित गरिएको गृह मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवार र १० महिने शिशुको मृत्यु भएको छ । २ वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत डा श्रेष्ठसपरिवार सहित घर जाँदै हुनुहुन्थ्यो । यस्तै दुर्घटनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पनि ज्यान गुमाउनुभयो ।

त्यस्तै दुर्घटनामा मृत्यु गुमाएर पहिचान खुल्नेमा पोखरा १३, काहुँडाँडाका २७ वर्षका निशान्त आचार्य, पोखरा १७ घर भई अहिले बालाजु बस्ने संगीता शाही, पोखरा ४ का डा। सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर  रहेका छन् ।

पर्वतको कुश्मा (१ का १० वर्षका रियान पौडेल, पोखरा १३ मियाँपाटनका सदाकत अलिमियाँ, पोखरा ७ की लक्ष्मी पौडेल, पर्वत कुश्मा (९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल, उनकी ११ वर्षकी छोरी प्रसिद्धी, पर्वत मोदी १ का ३९ वर्षका विजयकुमार गुरुङ, त्यही ठाउँकी रचना काफ्ले पौडेल, पोखरा २२ का रक्की गुरुङ छन् ।

यस्तै, रुपन्देही शंकर ८ का डा. गणेश थापा, काठमांडौंकी नतु परियार, रीता परियार, हरि परियार, पोखरा ८ की एसमिन गुरुङ, पोखराको बुद्धचोकका पूजन राना, बुटवल मुर्गिया घर भएकी एअर होस्टेज सृजना हुन्चिङ, कावासोती ६ का ३५ वर्षका मोहनप्रकाश श्रेष्ठ, पोखराको छोरेपाटनकी जीवनकला गुरुङ, कोरियन नागरिक यु क्युघुल, रसियन नागरिक जुरिज लेगिन र एलेनको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

Categorized in राष्ट्रिय