पेरिस ओलम्पिकमा ४० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा
SamacharDesk | २०८१ श्रावण २८, सोमबार

पेरिस ओलम्पिक २०२४ समापन भएको छ । जुलाई २६ बाट औपचारिक रुपमा फ्रान्सको राजधानी पेरिसमा शुरु भएको थियो ।
औपचारिक रुपमा सुरुहरु हुनु दुई दिन अगावै फुटबल लगायतका केही खेल शुरु भइसकेका थिए । यस वर्षको ओलम्पिकमा अमेरिका ४० स्वर्णसहित शीर्ष स्थान हासिल गरेको छ ।
अमेरिकाको अन्तिमम दिनसम्मको पदक तालिका अनुसार ४० स्वर्ण ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको छ ।
दोस्रो स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ काँस्यसहित कुल ९१ पदक हात पारेको छ भने जापानले २० स्वर्ण, १२ रजत र १३ काँस्य पदकसहित कुल ४५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण, १९ रजत र १६ काँस्यसहित ५३ पदक जितेको छ भने पाँचौं स्थानमा फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कास्यसहित कुल ६४ पदक जितेको छ ।
प्रतियोगिताको अन्तिम दिन हिजो १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो । पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् ।
पेरिस ओलम्पिकमा नेपालबाट सहभागी सात खेलाडीमध्ये पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाउनुबाहेक उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिएका थिए ।
Categorized in स्पाेर्ट्स