arin enterprises

संघीय संसदको पहिलो बैठक बस्दै

SamacharDesk | २०७९ पौष २५, सोमबार

प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज दिउँसो १ बजे संघीय संसद बानेश्वरमा बस्दैछ ।

गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेका लागि संसदको अधिवेशन बोलाउनुभएको हो ।

आजको बैठकमा ज्येष्ठ सदस्य सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त् प्रधानमन्त्री पदमा नियुक्त तथा मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम काम कारबाही गर्ने प्रश्ताव स्वीकृतिका लागि प्रश्तुत गर्नुहुने भएको छ ।

त्यस्तै सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सदस्यहरुले आफ्नो आफ्नो मन्तव्य राख्ने, प्रतिनिधि सभाको बैठकमा शोक प्रश्ताव प्रश्तुत हुने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त व्यहोरा जानकारी गराउने, प्रधानमन्त्री पदमा नियुक्त र मन्त्रीपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने र शोक प्रश्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ ।

Categorized in राष्ट्रिय