संसदको चालु अधिवेशन अन्त्य
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ बैशाख ६, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालु अधिवेशनको अन्त्य गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति भण्डारीले आज अपरान्ह १ः०० बजेबाट प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकारको सिफारीसमा प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरिएको जनाएको छ ।
यस अघि आज विहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को वैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारीस गरेको हो ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् भने सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनस्र्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु गरिएको थियो ।
