arin enterprises

आगामी निर्वाचनको लागि दल दर्ता सुरु

SamacharDesk | २०७९ श्रावण २२, आइतबार

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।

आगामी मंसीर ४ गते दुवै सदनको लागि हुने दल दर्ताको प्रक्रिया यही साउन ३१ गतेसम्म जारी रहने आयोगले जनाएको छ । आयोगले यही साउन १९ गतेभित्र सबै राजनीतिक दलहरुलाई दर्ता गर्न आह्वान गरेको छ ।

अन्यथा निर्वाचन आयोगमा दर्ता भईसकेका दलहरुलाई मात्रै निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिने आयोगले जनाएको छ ।

निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन र दलको केन्द्रीय तथा प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्ने जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यका लागि छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने पनि आयोगले जनाएको छ ।

दुई वा सो भन्दा बढी दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Categorized in राष्ट्रिय