arin enterprises

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

SamacharDesk | २०८० मङ्सिर २९, शुक्रबार

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन–तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनपछि काठमाडौँमा पेट्रोलको नयाँ मूल्य एक सय ६७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय ५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । घटाइएको मुल्य आज राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोेरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ ।

निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

Categorized in राष्ट्रिय