arin enterprises

इन्धनको मूल्य घट्यो

SamacharDesk | २०८१ जेठ ३, बिहिबार

गएरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निमगले पेट्रोलमा लिटरको सात रुपैयाँ र डिजेल तथा मट्टीतेलमा लिटरको पाँच रुपैयाँ घटाएको हो ।

खाना पकाउने ग्यासको भाउ भने यथावत छ । हाल पेट्रोलको अधिकतम मूल्य १ सय ७८ रुपैयाँ लिटर रहेकामा अब त्यो १ सय ७१ मा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १ सय ५९ रहेकोमा त्यो १ सय ५४ मा झरेको छ ।

निगम अनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५३ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७१ रूपैयाँ तथा डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ पर्नेछ ।

हरेक १५÷१५ दिनमा इन्डियन आयल कर्पोरेशन आईओसीले गरिने मूल्य समायोजन अनुरुप पेट्रोलिमय पदार्थको मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Categorized in राष्ट्रिय